चन्द्रागिरीस्थित बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
ग्लोबल ग्यालेक्सी न्युज२ वर्ष अघि1 min read
काठमाडौं । आज बिहान काठमाडौं चन्द्रागिरिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै रहेको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।