अक्टोबर 25, 2026
अन्तर्राष्ट्रिय

हिजबुल्लाहले इजरायलमाथि गरेको आक्रमणमा हमास र हुथी विद्रोहीको समर्थन

 

हमासले वरिष्ठ कमान्डर फाउद शुक्रको हत्यापछि हिजबुल्लाहले गरेको कडा कारबाहीको सराहना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टाइन र लेबनानका जनताविरुद्ध गरिएको आपराधिक कारबाहीलाई छाडिने छैन ।’ हुथी विद्रोहीले पनि हिजबुल्लाहको कारबाहीलाई समर्थन गरेका छन् । यमनका हुथी विद्रोहीले इजरायलविरुद्ध हिजबुल्लाहले गरेको यो कारबाहीलाई साहसी कदम भनेका छन् ।

इजरायलले लेबनानमा हिजबुल्लाहको स्थानलाई लक्ष्य गरी हवाई हमला गरेको छ भने हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ । यसैबीच इरान समर्थित हुथी विद्रोहीले पनि यमनको एक बन्दरगाहमा इजरायलले गरेको आक्रमणको जवाफमा हमला गर्ने धम्की दिएका छन् ।

इजरायलले भने आफ्ना पक्षबाट भएको आक्रमण तेल अभिभमा हुथी विद्रोहीले गरेको ड्रोन हमलाको जवाफ भएको बताएको छ ।

जवाफ लेख्नुहोस्