सेप्टेम्बर 9, 2026
ताजा समाचार

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । रेग्मीको निधनको शोकमा उच्च अदालत पाटनले बिहीवार सबै कामकारबाही बन्द हुने बताएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

जवाफ लेख्नुहोस्