सेप्टेम्बर 5, 2026
सुनचाँदी

घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्