सेप्टेम्बर 22, 2026
बैंक तथा वित्तीय संस्था

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट आईएमई पेमा रकम लोड गर्न मिल्ने

काठमाडौं । डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्ने भएको हो । यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको छ ।

आईएमई पे आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

जवाफ लेख्नुहोस्