जुलाई 21, 2026
घटना-दुर्घटना

कार कल्भर्टमा खस्दा नागार्जुनको कार चालकको मृत्यु

 

काठमाडौं ।  सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका-६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर दुर्घटना भएको थियो । राती दुर्घटना भएको उनको आज बिहान उद्धार गरिएको हो ।

उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

Advertisement Aangar sujan

जवाफ लेख्नुहोस्