नोभेम्बर 10, 2026
घटना-दुर्घटना

हेटौंडा–भैंसे सडकमा ईभी दुर्घटना, ११ जना घाइते

Summary

  • मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाँदरेभीरमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
  • गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाँदरेभीरमा विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी गाडी बाँदरेभीरमा सडकको भित्तामा ठोक्किएर नालामा खसेको थियो। दुर्घटनामा गाडीमा सवार ११ जना घाइते भएका हुन्।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

गम्भीर घाइते हुनेमा रौतहटका २६ वर्षीया रा चन्दा कुमारी, २३ वर्षीया शिवा कुमारी साह, पाँच वर्षीय आर्यन साह, शान्तिकुमारी साह र शिवान्स साह रहेका छन्।

दुर्घटनापछि गाडी चालक फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक भएको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जवाफ लेख्नुहोस्