सेप्टेम्बर 7, 2026
सूचना-संचार

पत्रकार महासंघको निर्वाचन असार २२ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ ।
यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि मतगणना गर्ने समितिले जनाएको छ ।

               

जवाफ लेख्नुहोस्