अगस्ट 24, 2026
अन्तर्राष्ट्रिय

आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी

Advertisement Sound system

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले अमेरिकालाई कडा सन्देश दिँदै पुनः आक्रमण गरे मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डालाई निशाना बनाइने चेतावनी दिएका छन्।

बिहीबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै ८६ वर्षीय खामेनीले भने, “इरानमाथिको कुनै पनि हमला अमेरिकाका लागि निकै महँगो सावित हुनेछ।” उनले अतीतको उदाहरण दिँदै कतारस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणको स्मरण गराए।

“ईस्लामिक गणराज्य इरानले अमेरिकाको अनुहारमा थप्पड हानेको छ,” खामेनीको तीव्र टिप्पणी थियो, “यो कुनै सानो घटना होइन, ठूलो सन्देश हो।”

खामेनीको यो चेतावनी विशेष रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्व टिप्पणीप्रति लक्षित देखिन्छ, जसमा ट्रम्पले इरानको प्रतिआक्रमणलाई “कमजोर प्रतिक्रिया” भनेका थिए।

सरकारी टेलिभिजनमा अज्ञात स्थानबाट प्रसारित उनको सम्बोधनमा खामेनीले आवश्यक परेमा अझ सशक्त रूपमा प्रतिक्रिया जनाइने स्पष्ट पारे। विश्लेषकहरूका अनुसार खामेनीको यो अभिव्यक्तिले मध्यपूर्वको सुरक्षा वातावरणमा थप तनाव र अनिश्चितता सिर्जना गर्ने देखिन्छ।

जवाफ लेख्नुहोस्