एजेन्सी । इजरायल र इरानबीच तनाव बढेपछि अमेरिकाले मध्यपूर्वमा गाइडेड मिसाइल पनडुब्बी पठाएको छ । बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक यूएसएस अब्राहम लिंकनलाई पनि चाँडै त्यस क्षेत्रमा पुग्न भनेका छन् ।
यूएसएस अब्राहम लिंकन लडाकु विमान एफ-३५ ले सुसज्जित छ । वास्तवमा हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको छ ।इरानले हमास नेता इस्माइल हानियाको हत्याको बदला लिने घोषणा गरेको थियो ।
हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ । हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो ।
अमेरिका यस्ता कुनै पनि आक्रमणबाट इजरायललाई बचाउन चाहन्छ । अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्नो देशले आफ्ना सहयोगीहरूलाई जोगाउन हरसम्भव कदम चाल्ने बताएका छन् ।


