अगस्ट 21, 2026
अन्तर्राष्ट्रिय

टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी

Advertisement Sound system

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई कडा चेतावनी दिएका छन्। रुसमाथि टोमाहक मिसाइल प्रहार भयो भने त्यसको जवाफ निर्मम हुने पुटिनले चेतावनी दिएका हुन।

अमेरिकाले हालै रुसका दुई प्रमुख तेल कम्पनी रोसनेफ्ट (Rosneft) र लुकोइल (Lukoil) माथि प्रतिबन्ध लगाएपछि क्रेमलिनबाट पुटिनको आक्रोशपूर्ण वक्तव्य आएको हो। उनले यो कदमलाई “रुसको अर्थतन्त्र र सार्वभौमिकता माथिको प्रत्यक्ष आक्रमण” भनेका छन्।

पुटिनले स्पष्ट चेतावनी दिँदै भने, “यदि अमेरिकी टोमाहक मिसाइलहरू हाम्रो भूमिमा खसालिए भने, त्यसको जवाफ क्षणमै दिनेछौं। रुस आफ्नो रक्षा र प्रतिआक्रमणका लागि तयार छन्। कसैले पनि रुसलाई परीक्षण गर्ने गल्ती नगरोस्।”

तर उनले संवादका ढोका पूर्ण रूपमा बन्द नभएको संकेत पनि दिए। “हामी सधैं संवादलाई प्राथमिकता दिन्छौं। तर जब साँचो संवाद अस्वीकार गरिन्छ, रुस मौन रहने छैन,” पुटिनले भने।

गत अक्टोबर २२ मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच तय भएको बैठक रद्द भएपछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको हो। त्यसपछि अमेरिकाले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाएको थियो।

पुटिनले ट्रम्पको निर्णयलाई “दूरदर्शिता विहीन” भन्दै आलोचना गरे। उनका अनुसार, “ट्रम्पले शुरुमा सन्तुलित सम्बन्ध चाहेका थिए, तर युक्रेन युद्धविराममा सहमति नजुटेपछि अमेरिकाले रुसविरुद्ध आक्रामक नीति अपनायो।”

विश्लेषकहरूका अनुसार, पुटिनको यो चेतावनीले फेरि पनि शीतयुद्धकालीन तनावलाई पुनः तातो बनाएको छ। अब विश्व समुदायको नजर मस्को र वाशिङ्टनबीचको आगामी कदममा केन्द्रित छ।

जवाफ लेख्नुहोस्