प्रहरीका अनुसार सिराजगञ्ज जिल्लाको एक प्रहरी चौकीमा हजारौँ मानिसले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको थियो । बंगलादेशमा गत महिनादेखि सरकारी जागिरमा कोटा खारेज गर्न माग गर्दै विद्यार्थी आन्दोलन भइरहेको थियो । तर अहिले यो व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।
आइतबार देशका विभिन्न भागमा यस्ता विरोध प्रदर्शन भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको थियो । यसका साथै देशमा रात्रि कर्फ्यु पनि लगाइएको छ । यी प्रदर्शनमा अहिलेसम्म करिब २ सय जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार आइतबार राति ६ बजेदेखि देशभर कर्फ्यु लागू गरिएको छ । राजधानी ढाकामा मोबाइल इन्टरनेट बन्द गरिएको छ ।

