नोभेम्बर 21, 2026
बैंकिङ कसुर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।दोलखाको भिमेश्वर घर भई लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले पीडितलाई २४ लाख र २४ लाख जरिवाना असुल गर्नुपर्ने अदालतले ठहर गरेको छ । उच्च अदालत पाटनले उनलाई २०७८ कार्तिकमा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार जम्मा गराउने फैसला गरेको थियो । सो फैसलापछि उनी फरार थिए ।

प्रतिवादीलाई न्यूरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

जवाफ लेख्नुहोस्