नोभेम्बर 22, 2026
बैंकिङ कसुर

बैंकिङ कसुर मुद्दामा फरार रहेका युवा पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर स्थायी घर भई भक्तपुरको सूर्यबिनायक नगरपालिका-४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई पक्राउ गरिएको हो ।

आरोपी राईलाई कोटेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । आरोपीलाई कानुनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको एसपी आचार्यले बताए ।

जवाफ लेख्नुहोस्