अगस्ट 22, 2026
अन्तर्राष्ट्रिय

सीआईए अधिकारीका छोरालाई पुटिनले दिए ‘अर्डर अफ लेनिन अवार्ड’

Advertisement Sound system

काठमाडौं ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी गुप्तचर संस्था सीआईएका वरिष्ठ अधिकारीका छोरालाई ‘अर्डर अफ लेनिन अवार्ड’ पुरस्कार प्रदान गरेका छन्। उनले उक्त सम्मान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफमार्फत हस्तान्तरण गरेका हुन्।

यो पुरस्कार सीआईएका डिजिटल इनोभेसन उपनिर्देशक जुलियन ग्यालिनाका २१ वर्षीय छोरा माइकल ग्लोसका नाममा दिइएको हो। ग्लोस युक्रेनविरुद्ध रुसको पक्षमा लड्दै गत वर्ष मारिएका थिए।

पुटिनले विटकफसँग युक्रेन युद्ध अन्त्यको सम्भावना विषयक वार्ताका क्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन्। तर, रुसले ग्लोसलाई मरणोपरान्त सम्मान गरिएको बारे आधिकारिक पुष्टि भने गरेको छैन।

‘अर्डर अफ लेनिन’ सोभियत युगमा उत्कृष्ट नागरिक सेवाका लागि प्रदान गरिने उच्च सम्मान हो।

 

जवाफ लेख्नुहोस्