अक्टोबर 25, 2026
अन्तर्राष्ट्रिय

हमासको नयाँ नेतामा याह्या सिनवार चयन

दोहा । प्रमुख नेता हानियाको हत्यापछि हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो ।

सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए ।  यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास नेतृत्वले सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो । मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको छ । इरान र उसका सहयोगीहरूले हनियाको मृत्युको बदला लिने बताएका छन् ।

जवाफ लेख्नुहोस्