share 255 साङ्केतिक तस्बिर भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक काठमाडौं बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई बुधबार भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ बरामद भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । पक्राउ गरिएकाहरु माथि थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । पोस्टको नेभिगेसन प्रहरी इन्स्पेक्टर विदुर शिवाकोटी पर्यो प्रहरी कै फन्दामा हजार दरका पाँच सय १५ थान नक्कली नोटसहित एकजना पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।