Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

साढे सात अर्ब बक्यौता बुझाउन युटिएललाई प्राधिकरणको ताकेता

ग्लोबल ग्यालेक्सी न्युज २५ जेठ, २०८१

साढे सात अर्ब बक्यौता बुझाउन युटिएललाई प्राधिकरणको ताकेता
share 219
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई अनुमतिपत्र नवीकरण दस्तुर बापतको किस्ता रकम बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले अनुमतिपत्र नवीकरण दस्तुर बापतको किस्ता रकमसँगै फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको सात अर्ब ४२ करोड ९३ लाख ९१ हजार तीन सय ३७ रूपैयाँ १२ पैसा बुझाउन शुक्रबार सूचना जारी गरेको हो।

 

युटिएलले २०७३ सालको भदौ २० गते टेलिफोन सेवाको लागि अनुमतिपत्र प्राप्त गरेको थियो । निजी सेवा प्रदायकले अनुमतिपत्रको सर्त बमोजिम सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने रकम कम्पनीले तिर्न बाँकी हुँदा प्राधिकरणले सूचनामार्फत बुझाउन निर्देशन दिएको हो । प्राधिकरणले कम्पनीको नाममा आज (जेठ २५ गते) सूचना जारी गरेको हो। सूचना जारी भएको मितिले १५ दिनभित्र रकम बुझाउन भनेको छ । उक्त समयावधिभित्र बाँकी बक्यौता रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुपतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामार्फत जनाएको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा २८ मा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरणले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्नेछ उल्लेख छ ।

सम्बन्धित खबर

टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको सेवामा समस्या

टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको सेवामा समस्या

आजबाट नेपालमा टिकटक चल्ने, प्रतिबन्ध हट्दै

आजबाट नेपालमा टिकटक चल्ने, प्रतिबन्ध हट्दै

ताजा समाचार

  • सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
    सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन
  • सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
    सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता
  • धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
    धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी
  • धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
    धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
  • अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
    अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.