share 26 काठमाडौं — सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै तोकिएको समयभित्र अनुसन्धान टुङ्ग्याउन निर्देशन दिएको हो। अदालतले यदि तोकिएको म्यादभित्र अनुसन्धान पूरा नभएमा उनीहरूलाई थुनामुक्त गर्नुपर्ने स्पष्ट आदेश दिएको छ। साथै, फौजदारी कार्यविधि संहिता अनुसार प्रक्रिया पूरा गर्दै आवश्यक थप अनुसन्धान अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। उक्त मुद्दा भदौ २३ को आन्दोलनसँग सम्बन्धित छ, जहाँ बल प्रयोगका कारण १९ जनाको ज्यान गएको थियो। सो घटनामा नियन्त्रणको प्रयास नगरेको आरोपमा गत चैत १४ गते पक्राउ परेका ओली र लेखकलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा हिरासतमा राखिएको छ। पोस्टको नेभिगेसन दशकपछि संविधान संकटको भुमरीमा