Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

नवनियुक्त मन्त्री दीपक मनाङ्गे भन्छन् ‘यहि तालले २० चोटि पनि खानुपर्ने हुन्छ’

ग्लोबल ग्यालेक्सी न्युज ३० जेठ, २०८१

नवनियुक्त मन्त्री दीपक मनाङ्गे भन्छन् ‘यहि तालले २० चोटि पनि खानुपर्ने हुन्छ’
share 117

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरूङ उर्फ दीपक मनाङे ले कार्यभार सम्हालेको छ ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार स्वतन्त्र सांसद मनाङे र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको थियो । उनीहरूले सोमबार नै शपथ लिएर कार्यभार सम्हालेका छन्।

कार्यभार सम्हाल्दै मन्त्री मनाङेले प्रदेश सभामा आफ्नो गतिविधि र भूमिकालाई लिएर गरिएका विभिन्न टिप्पणीप्रति लक्षित गर्दै जबाफसमेत दिएको थियो । मनाङे जसको नेतृत्वमा सरकार बन्छ उतैतिर ढल्कने गरेको छ म यसअघि उनी एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री नै थिए ।

त्यो सरकार ढलेपछि नेपाली कांग्रेसका पाण्डे नेतृत्वको सरकारमा पनि मंगलबारदेखि उनी सहभागी भएको छ । सोमबार मुख्यमन्त्री पाण्डेलाई स्वतन्त्र सांसद मनाङेले पनि विश्वास मत दिएका थिए। कांग्रेसका २७, राप्रपाका २, मनाङे र देवकोटासहित गरीी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएको थियो । राप्रपा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।

मन्त्री मनाङेले कार्यभार सम्हाल्दै यस्तै अवस्था रहने हो भने २० पटकसम्म पनि मन्त्री हुन सकिने बताए। ‘विश्वास मत माग्दै कांग्रेस सभापति (शेरबहादुर देउवा) ले सबैलाई पत्र पठाएको थियो, मलाई पनि पत्र आएको थियो,’ मनाङेले कार्यभार सम्हाल्दै पत्रकारहरूसँग भने, ‘मान्छेले ६ चोटि भन्छन्, यस्तै तालले गयो भने २० चोटि पनि मन्त्री खानुपर्ने हुन्छ, त्यो हाम्रो बाध्यता हो।’ आफूले आफ्नो ठाउँ (मनाङ) लाई हेरेर त्यहाँ विकास गर्नका लागि मन्त्री भएको दाबी पनि उनले गरेका थिए।

‘यदि मेरो जिल्ला राम्रो बनिसकेपछि मलाई यो मन्त्रालय पनि चाहिँदैन,’ मन्त्री मनाङेले भने, ‘यो मन्त्रालयमा मान्छेको अपेक्षा उच्च छ। बाटो सबै ढलान गर्न थाल्यो। कास्कीमा साइकलिङ र हाइकिङ गर्ने मेरो योजना थियो। तर जति वडामा गए नि! त्यहाँ आधा ढलान गरिसकेको छ, त्यहाँ अब बाटो बन्दैन पनि भनेको छु।’

मनाङे २०७४ र २०७९ मा मनाङको प्रदेश सभा क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा स्वतन्त्र सांसद भएका उनी दुई वर्षपछि नेकपा प्रवेश गर्दै खेलकुद मन्त्रीसमेत बनेका थिए ।

सम्बन्धित खबर

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, कहिले छ अर्को पेशी ?

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, कहिले छ अर्को पेशी ?

एकीकृत समाजवादीले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी

एकीकृत समाजवादीले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपाका जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपाका जमानत जफत

संविधानको धारा ७६(२) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

संविधानको धारा ७६(२) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

ताजा समाचार

  • इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
    इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
  • आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
    आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
  • इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
    इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
  • युद्ध विरामको सम्झौता भएको छैन : इरान
    युद्ध विरामको सम्झौता भएको छैन : इरान
  • इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
    इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.