share 280 पोखरा । गण्डकी प्रदेशसभा बैठकमा राप्रपा उपस्थित नहुने भएको छ । दलका नेता पञ्चराम गुरुङले पार्टीको केन्द्रीय समिति बैठक भएकोले संसद्मा उपस्थित हुन नसकिने बताएको हो । गुरुङले भने, ‘हामी जाँदैनौँ, पार्टीको केन्द्रीय समिति बैठक छ।’ कांग्रेसले भने बैठक बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा बहुमत प्राप्त नगरेका भन्दै कांग्रेस सर्वोच्च पुगेको छ । सर्वोच्चमा विचाराधीन मुद्दा टुङ्गो नलाग्दासम्म सरकार र संसद्को कुनै पनि गतिविधिमा आफूहरू संलग्न नहुने काङ्ग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । बैठक आज ३ बजेको लागि बोलाएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने सम्भावना रहेको छ । पोस्टको नेभिगेसन मधेस प्रदेशको बजेट खर्च १० महिनाको अवधीमा करिब १९ प्रतिशत मात्रै शैक्षिक सुधार गर्न पाठ्यक्रम नै परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल