share 249 मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक पाठ्यक्रम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताएको छ । नेपालको शिक्षा प्रणाली पुरानै ढाँचाको रहेकाले पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको उनले बताए । ‘उच्च शिक्षामा चुनौती, रोजगारी, स्थिरता र बिचमै पढाई छोड्ने प्रवृत्तिलाई न्यूनीकरण’ सम्बन्धी हेटौंडामा सुरु भएको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्राविधिक शिक्षामा जोड दिनु वर्तमान समयको आवश्यकता रहेको बताए । ‘नेपाली शिक्षा प्रणाली पुरानै ढाँचाको रहेका छ । अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । जम्कट्टेलले भने, परीक्षा प्रणालीलाई पूर्ण रुपमा योग्यताक्रम (मेरिट) मा लैजानुपर्छ, ‘प्राविधिक शिक्षामा रहेको कोटा प्रणालीलाई शिक्षामा रहेको सिण्डिकेट कोटा प्रणाली हटाएर सरकारले विद्यार्थीलाई पढ्न चाहेको विषय पढ्न पाउने व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारीमा प्रदेश सरकारको रहेको छ ।’ सैद्धान्तिक शिक्षा प्रणाली भएकोले बेरोजगारी बढेको र पलायनको स्थिति आएको मुख्यमन्त्री जम्कट्टेलले बताए । माध्यमिक तहका विद्यालय ग्रामीण क्षेत्र लक्षित गरी ‘एक वडा, एक आवासीय विद्यालय’ बनाउने सरकारले नीति लिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उक्त कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च शिक्षामा समस्या रहेको र समस्या समाधानमा ध्यान जान नसकेको बताए । विद्यार्थी विदेशीने क्रम बढ्दो रहनुको कारण यकिन गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेको थियो । २ दिनसम्म सञ्चालन हुने सम्मेलन ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बिचमै पढाई छाड्ने दर न्यूनीकरण’ को विषयमा केन्द्रित गरिएको छ । सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसका करिब ३०० प्राध्यापकहरुको सहभागिता रहेको छ । पोस्टको नेभिगेसन गण्डकी प्रदेशसभा बैठक : काङ्ग्रेसको बहिस्कार, राप्रपा पनि नजाने यस्ता छन् बजेटमा कर्णाली प्रदेश सरकारको प्राथमिकता