कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभरि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए ।