share 347 काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन्। गत साउन १४ गते सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेताचयनमा लामा पराजित भएपछि उनको मुख्यमन्त्री पद सुरक्षित रहेको थिएन। सो निर्वाचनमा इन्द्र बहादुर बानियाँले २२ मत प्राप्त गर्दै दलको नेता निर्वाचित भएका थिए भने लामाले १४ मत पाएका थिए। एक मत बदर भएको थियो। संसदीय दलको नेतामा पराजित भएपछि देउवाले लामालाई पद छोड्न निर्देशन दिएका थिए। प्रारम्भमा लामाले संविधानको प्रावधान देखाउँदै पद नछोड्ने अडान लिएता पनि दल र गठबन्धनको सहमतिपछि उनले अन्ततः राजीनामा दिएका हुन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई राजीनामा बुझाएसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ। यसअघि लामाले माओवादी केन्द्र, एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री पद सम्हालेका थिए। नयाँ सरकार गठनका लागि अब प्रदेशसभाको बहुमत प्राप्त सांसदको समर्थन पेश गरेर बानियाँलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्। पोस्टको नेभिगेसन बागमती प्रदेशमा ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स