share 16 काठमाडौं — टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक वातावरणबीच आयोजित कार्यक्रममा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष दिनेश महर्जनज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। उहाँले टुँडालदेवी भजन समूहले धार्मिक तथा सांस्कृतिक संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा एकता र सकारात्मक सन्देश फैलाउने बताउनुभयो। कार्यक्रममा विभिन्न भजन, कीर्तन तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई आध्यात्मिक आनन्द प्रदान गरेको थियो। समूहका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, धार्मिक एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई साथ र सहयोग गर्न आग्रह गरिएको छ। पोस्टको नेभिगेसन भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११:३९ बजे सार्वजनिक