share 216 काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार आगामी कार्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउने उत्तम साइत रहनेछ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार उक्त समयमा टीका र माला लगाउने शुभ मुहूर्त उत्तम मानिएको हो। ढकालका भनाइअनुसार साइत निर्धारण गर्दा खगोल, ज्योतिष र पञ्चाङ्गीय गणनाका आधारमा शुभ समय तय गरिएको हो। भाइटीका तिहारको अन्तिम र विशेष दिन मानिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुख–समृद्धिका लागि टीका र माला लगाइदिन्छन् भने दाजुभाइले आशीर्वादस्वरूप उपहार प्रदान गर्छन्। यो वर्षको भाइटीका साइत सम्बन्धी जानकारी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ असोज २८ गते जारी गरेको सूचनामार्फत सार्वजनिक गरेको हो । पोस्टको नेभिगेसन हनुमानढोकास्थित दशैँ घरमा शुभ साइतमा राखियो जमरा टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न