share 703 काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ । बिहीबार बिहान ९: १६ बजेको शुभ साइतमा जमरा राखिएको हो । बिहीबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा शुभ साइतमै जमरा राखिएको हो । जमरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर बढाईँ पनि गरिएको छ । नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा अर्चना गरिन्छ । पोस्टको नेभिगेसन टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११:३९ बजे सार्वजनिक
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ । बिहीबार बिहान ९: १६ बजेको शुभ साइतमा जमरा राखिएको हो ।