काठमाडौं  । बागमती प्रदेशसभाको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट उक्त विधेयक पारित भएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सभामा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । उक्त विधेयकलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेको थियो । सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका हुन् । सो विधेयक संसद्बाट पारित भएसँगै ऐनको रूप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने प्रदेश सभा सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

त्यसअघि प्रदेश सभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णय सहितको प्रतिवेदन पेस भएको थियो त्यस पश्चात् सो उपर छलफल भएको थियो ।