share 118 ऐतिहासिक मोडमा देश — सुशीला कार्की नयाँ प्रधानमन्त्री बनेकी छन् । आज राति ठीक ९ बजे उनले शपथग्रहण गर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको पुष्टि गर्दै, शपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र संसद् विघटनको सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । मन्त्रीहरूको संख्या र नाम अझै टुंगो नलागेको भए पनि, राजनीतिक हलचलले रातभरै देशको ध्यान सिंहदरबारतर्फ तानेको छ । अब मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले संसद् विघटन गर्ने निश्चित देखिएको छ । देशको राजनीतिक भविश्यको दिशाबारे निर्णायक कदम आजकै रात तय हुने देखिएको छ । पोस्टको नेभिगेसन नेपालले आज नयाँ प्रधानमन्त्री पाउदै देश निर्णायक मोडमा : शपथ ढिला भए पनि संसद् विघटन आजै