फिफा विश्वकप २०२६ अन्तर्गत आज मध्यरातदेखि भोलि बिहानसम्म समूह चरणको दोस्रो खेलअन्तर्गत चार महत्वपूर्ण खेल हुँदैछन्। दोस्रो चरणका खेल सुरु भएसँगै नकआउट चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।
पहिलो खेलमा जित हासिल गरेका टोलीहरू लगातार दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछन् भने अंक गुमाएका टोलीहरूका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। आजका नतिजाले धेरै समूहमा नकआउट चरणको समीकरण थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

आजका खेलहरू :-
नेदरल्यान्ड्स 🆚 स्विडेन
जर्मनी 🆚 आइभरी कोस्ट
इक्वेडर 🆚 कुरासाओ
जापान 🆚 ट्युनिसिया


