share 743 काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेटअगाडि कालो झण्डासहित प्रदर्शन गर्नेक्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परिएकाहरु धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको एसपी अधिकारीका बताए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पोस्टको नेभिगेसन वैदेशिक रोजगार विभाग घेराउ गर्दै श्रममन्त्री अर्यालको पुत्ला दहन
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेटअगाडि कालो झण्डासहित प्रदर्शन गर्नेक्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परिएकाहरु धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको एसपी अधिकारीका बताए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।