काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देशका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू र उनीहरूको पारिवारिक सदस्यहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
विभागका अनुसार निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनीहरूको नातेदारहरूको सम्पत्ति विवरण माग गरिएको छ।
विभागले हालै तिनै नेताका नाममा रहेको चल–अचल सम्पत्ति, बैंक खाताको विवरण, लगानी स्रोत र विदेशस्थित सम्पत्तिसम्बन्धी जानकारी संकलन गर्न सुरुवात गरेको जनाएको छ।
स्रोतका अनुसार प्रारम्भिक चरणमा विवरण सङ्कलन भइसकेपछि आवश्यक परे थप बयानका लागि नेताहरू वा तिनका परिवारका सदस्यहरूलाई पनि बोलाइनेछ।
विभागले यो अनुसन्धानलाई “राजनीतिक प्रभावभन्दा बाहिर रही निष्पक्षरूपमा अघि बढाइने” जनाएको छ।

