जुन 12, 2026
राजस्व/कर

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे कारबाही गर्छौं : आन्तरिक राजस्व विभाग

सोमवार एक सूचना प्रकाशित गर्दै विभागले आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

संशोधित आयकर ऐन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । यसो गरे प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुने विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभाग 

 

जवाफ लेख्नुहोस्