share 85
काठमाडौं । बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे-मलेखु खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ । सडक विभागका अनुसार सो सडकखण्डमा पर्ने विभिन्न स्थानका पुलको गर्डर लन्चिङको लागि राति बन्द गर्न लागिएको हो ।
उक्त खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलमा उक्त कार्य हुन लागेको हो । बुधबारदेखि साउन ९ गतेसम्म दैनिक बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सबै सवारीसाधनलाई निषेध गरिएको छ ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन् । विभागले वैकल्पिक राजमार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न पनि सडक विभागले सूचित गरेको छ ।