काठमाडौं । नेपाल टेलिकमले आज साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेका छन् । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको नयाँ प्याकेज ल्याएका हुन् ।

कम्पनीले ल्याएको कम्बो, अनलिमिटेड लगायत प्याकेजको लागि प्राप्त रिसोर्स (डेटा, भ्वाइस र एसएमएस) समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने सहुलियत दरका एड अन प्याकेजहरू समेत सञ्चालनमा ल्याएको छ । टेलिकमका ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर अथवा ‘नेपाल टेलिकम’ एप प्रयोग गरि विभिन्न प्याकेज खरिद गर्न र त्यस बारेमा जानकारी लिन सक्नेछ । त्यस्तै, कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

कम्बो प्याक

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेका कम्बो प्याकेजहरू उपलब्ध गराइएको छ । यसअन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल-नेट भ्वाइस र दुई जीबी डेटा पाउन सकिने छ । त्यसैगरी अर्को २९९ रुपैयाँको प्याकमा ३०० मिनेट अल-नेट भ्वाइस, चार जीबी डेटा र २० ओटा अन-नेट एसएमएस पाइनेछ । यसैगरी ४९९ पर्ने कम्बो प्याकमा ५०० मिनेट अल-नेट भ्वाइस, आठ जीबी डेटा र १०० ओटा अल-नेट एसएमएस रहेका छन् ।