जुन 7, 2026
केबुलकार

चन्द्रागिरी केबलकारमा विद्युत आपूर्ति बन्द हुँदा फस्यो यात्रु, सशस्त्र प्रहरीद्वारा उद्धार गरिँदै

   फाइल तस्बिर 

काठमाडौं । विद्युत् सेवा अवरुद्ध हुँदा चन्द्रागिरि केबलकारमा यात्रुहरु बिचमै अड्किएको थियो भने अहिले केबुलकार पुनः सुचारु भएको छ । दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू केबलकारमा नै अड्किएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि केबलकार सुचारु गरिएको र सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको जानकारी दिए । ‘७५ जना यात्रुलाई उद्धार गरिएको छ,’ अधिकारीले भने ।

जवाफ लेख्नुहोस्