share 91
फाइल तस्बिर
काठमाडौं । विद्युत् सेवा अवरुद्ध हुँदा चन्द्रागिरि केबलकारमा यात्रुहरु बिचमै अड्किएको थियो भने अहिले केबुलकार पुनः सुचारु भएको छ । दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू केबलकारमा नै अड्किएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि केबलकार सुचारु गरिएको र सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको जानकारी दिए । ‘७५ जना यात्रुलाई उद्धार गरिएको छ,’ अधिकारीले भने ।