अगस्ट 12, 2026
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिमा आक्रमण भए कडा जवाफ दिन्छौं : इरान

इरानले पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा कुनै पनि आक्रमण भए अमेरिका–इजरायललाई कडा जवाफ दिने चेतावनी दिएको छ।

Advertisement Sound system

Summary

  • • इरानले आफ्ना पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा कुनै पनि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ।
  • • जुलाई ४–८ मा तेहरानमा हुने अन्त्येष्टिमा लाखौँ मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

एजेन्सी । इरानले आफ्ना पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिका–इजरायलतर्फबाट कुनै पनि आक्रमण वा उक्साहट भए कडा जवाफ दिने चेतावनी दिएको छ।

बीबीसी मोनिटरिङका अनुसार इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर तथा सर्वोच्च सैन्य कमान्डका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल र उनीहरूका सहयोगीलाई अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।

अब्दुल्लाहीले भने, “अन्त्येष्टि समारोहले इरानी जनता अली खामेनीको मृत्युको बदला लिन दृढ रहेको सन्देश दिनेछ।” उनले इरानको भूभाग वा क्षेत्रविरुद्ध कुनै पनि धम्की वा आक्रामक कारबाही भए “पछुतो लाग्ने कठोर कदम” चालिने दाबी गरे। यो चेतावनी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध तस्निम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमार्फत सार्वजनिक गरेको हो।

यसैबीच, तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिला उपप्रमुख मोहम्मद अमिन तवाक्लिजादेहका अनुसार, जुलाई ४, ५, ६, ७ र ८ मा आयोजना हुने खामेनीको अन्त्येष्टिमा राजधानी तेहरानमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुने गरी तयारी भइरहेको छ।

जवाफ लेख्नुहोस्