अगस्ट 13, 2026
अन्तर्राष्ट्रिय

ब्रोड पिक हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाको निधन

Advertisement Sound system

Summary

  • विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ।
  • उनी संस्थापक रहेको एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको मृत्यु पुष्टि गर्दै अन्य हराइरहेका आरोहीहरू पनि जीवित नभेटिएको जनाएको छ।

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ।

बिहीबारदेखि सम्पर्कविहीन रहेका पुर्जाको मृत्यु भएको जानकारी उनी संस्थापक रहेको एलिट एक्सपेड ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। संस्थाले जारी गरेको वक्तव्यमा गहिरो दुःख व्यक्त गर्दै ब्रोड पिकमा आएको हिमपहिरोका कारण निर्मल पुर्जाले ज्यान गुमाएको जनाएको छ।

एलिट एक्सपेडले वक्तव्यमा अन्य बेपत्ता आरोहीहरू पनि जीवित नभेटिएको जानकारी प्राप्त भएको उल्लेख गरेको छ। हिमपहिरोपछि उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको भए पनि प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाले अभियान चुनौतीपूर्ण बनेको थियो।

निर्मल पुर्जा नेपाली पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा परिचित नाम हुन्। उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपालको पर्वतारोहण क्षेत्रसँगै विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।

जवाफ लेख्नुहोस्