सेप्टेम्बर 7, 2026
राष्ट्रिय

विप्लव नेतृत्वको नेकपाले ८४ को चुनावमा भाग लिने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने जनाएको छ। ८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

वैशाख ५-९ गतेसम्म कपिलवस्तुमा बसेको उक्त पार्टीको केन्द्रीय कमिटी बैठकको निणर्य सुनाउँदै महासचिव विप्लवले समाजवादका निम्ति निर्वाचनमा सहभागी हुने बताए ।

चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्न नहुने उनले जिकिर गरे। २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिने उनको तर्क थियो।

यसअघि विप्लव नेतृत्वको पार्टीले संसदीय चुनावको विरोध गर्दै आएको थियो । पार्टीले कम्युनिस्ट एकताका लागि प्रयत्न गर्ने निणर्य समेत गरेको उनले सुनाए ।

जवाफ लेख्नुहोस्