काठमाडौं । केही समययता सूर्यमा लगातार साना ठूला विस्फोटहरू भइरहेका छन् । अमेरिकी स्पेस एजेन्सी (नासा) ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ ।
यसले मानिसमा प्रत्यक्ष प्रभाव पार्दैन, किनभने पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीहरूलाई ग्रहमा प्रवेश गर्न दिँदैन । यदि, सौर्य आँधी धेरै शक्तिशाली भएको अवस्थामा, यसले हाम्रो बिजुली ग्रिडलाई असर गर्न सक्छ । तल्लो (पृथ्वी कक्षमा तैनाथ गरिएका भूउपग्रहहरूलाई नष्ट गर्न सक्ने वैज्ञानिकहरुको भनाइ छ ।
हाम्रो सूर्य धेरै सक्रिय चरणमा रहेकोले ज्वाला निस्किरहेकोले गर्दा त्यसको प्रभावले पृथ्वीमा सौर्य आँधी आउने गरेको नासाले जनाएको छ । यो क्रम सन् २०२५ सम्म जारी रहन सक्ने बताइएको छ ।
एजेन्सी