share 217 काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो खेल समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुने भएको हो । यस खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ । भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ भने एक खेल अनिर्णित बनेको थियो । पोस्टको नेभिगेसन नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित आइसीसी टी-२० विश्वकप खेलमा भारतद्वारा पाकिस्तान ६ रनले पराजित