share 204 काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम प्रस्थान गर्दैछ। समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग हुने होम र अवे दुवै खेल यहीँमै खेल्नेछ। खेल असोज २३ र २८ गते निर्धारित छ। नेपालका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। समूहको अघिल्लो खेलमा नेपाल लाओससँग २–१ र मलेसियासँग २–० ले पराजित भइसकेको छ। भियतनाम विरुद्धको खेलले छनोटको दिशालाई नै तय गर्ने अनुमान छ। टोलीले तयारीको क्रममा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको थियो, जुन बराबरीमा सकियो। दोस्रो मैत्रिपूर्ण खेल जेन्जी प्रदर्शनको कारण हुन सकेन। टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने छन्। नेपाली टोलीमा २३ खेलाडी छन् भने प्रशिक्षणसमेत मिलाएर टोलीसँगै ४० जना रहेको छ। पोस्टको नेभिगेसन राखेप निर्देशक चयनमा विवाद चरम उत्कर्षमा, उपनिर्देशक संगीना वैद्यले दिए राजीना