काठमाडौं । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । बिहीबार बिहान करिब ३ बजेतिर मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको भैँसीले गोठमा आएको बाघलाई हानेर मारेको हो ।
बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ । पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनाको अनुगमन गरेको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।