share 815 काठमाडौं । काठमाडौंको नक्सालमा रहेको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। । नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ। ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ। निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ। पोस्टको नेभिगेसन काठमाडौंको यी क्षेत्रमा आज पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने आज काठमाडौंको यी स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुने