काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ ।
आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।