share 448 काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । अज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै आज राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो। पोस्टको नेभिगेसन कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशको मौमस कस्तो रहला ?