share 269 पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान ठूलो सवारी दुर्घटना भएको छ। ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेपछि ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते भएका व्यक्तिहरूको सनाखत हालसम्म हुन सकेको छैन। स्थानीय प्रहरी र उद्धार टोली दुर्घटनास्थलमा पुगेर उद्धारकार्यमा सक्रिय छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउँन बाँकी छ। पोस्टको नेभिगेसन बर्दिबासमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २६ जना घाइते