आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आजदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी मनोनयन ६ माघमा हुने भएकाले त्यसअघि नै निर्वाचन कार्यालय सञ्चालन गरी आवश्यक तयारी पूरा गर्न आयोग जुटेको हो।

आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउनेछ। आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ, जसअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक अधिकृतको जिम्मेवारी रहनेछ।

जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रूपमा नियुक्त गरिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम तोकेको हो।