share 218 काठमाडौं । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ भने दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । पोस्टको नेभिगेसन यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध यी चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन महाशाखाको अनुरोध
काठमाडौं । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।