काठमाडौं । आज मिति २०८१ साल असार २६ गते बुधबार   तदनुसार २०२४ जुलाई १० तारीख जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर ४ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहन सक्छ ।  प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला।  प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन् । पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ।

सिंह : सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल  छैन। व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ।

धनु : धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ।

कुम्भ : कुम्भ राशि हुनेहरुको लागि आज दिन शुभ रहेको छ। आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन्।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।